Posts

Showing posts from March, 2021

•••द्रष्टा र दृश्य••• [अकविता]

एउटा सानो छिद्रबाट देख्ने "आकाश"! आकाशमै बेग हान्ने एक "बाज"ले देख्ने "आकाश"! …र अन्तरिक्षमा एक अन्तरिक्षयात्रीले देख्ने "आकाश"! भिन्न-भिन्न हुन् (ति द्रश्टाको निम्ती) तर भिन्न-भिन्न होइनन् (यथार्थमा) फरक त उचाई हो फरक त गहिराई हो (यद्यपि दृश्य उहि) जोगी~ (३०-मे-२०१८(डेथभ्याली

भित्तेघडीको बिद्रोह [ अकविता ]

…अनि  मध्यरातमा भित्तोको घडी टिक्-टिक् टिक्-टिक् चल्दैथियो घुम्दाघुम्दै एकाएक सुईहरु बिद्रोह गर्नथाले घण्टा, मिनेट र सेकेन्ड सुई सबै तल झरेर आराम गरे म बबुरो अवाक् भै हेरिरहें बेआराम त म थिएं घडी मस्त सुत्यो, म रातभर निदाउन सकिन !          ××× ~जोगी ०६-मे-२०२० ( डेथभ्याली_रेगिस्तान् ) 

✨✨ताराहरु✨✨ [ अकविता ]

रातको गहन सन्नाटामा ब्रह्माण्डलाई उज्यालो पार्न  टिल्पिलाई रहने ति दूऽर का ताराहरुलाई मैले घरको बार्दलीबाट देखेजस्तै के ति ताराहरुले पनि मलाई बार्दलीमा देख्दाहुन् ???           ××× ~जोगी ( एकलास रात; बार्दली ) ०५ अगस्त २०२०

⛈️पानीका थोपाहरु⛈️ [अकविता]

बादलमा रहेका पानीका थोपाहरु धर्तीमा झर्दिन भनी बिद्रोह गर्दैनन् तातिनु बाफ बन्नु उर्ध्वयात्रा गर्नु गगन चुम्नु चिसिइनु पुनः थोपा बनि धर्तीमा खस्नु प्रारब्ध हो प्रारब्ध नै धर्म प्रारब्ध नै कर्म प्रारब्ध नै प्रसाद यो चक्र हो यहि लिला ! ~जोगी ;डेथभ्याली🌻💜 ०५ अगस्त २०२०

स्वाभिमान [ लघुकथा ]

                      ४४/४५° को रेगिस्तानको उखर्माउलो गर्मिलो घाममा बिरबहादुर उर्फ् बिरे ८२ तल्ले बिशाल गगनचुम्बी बिल्डिङ्गको सिसा पुच्छ्दैथियो । डोरिमा पुल्ली लगाइएको थियो र त्यो पुल्लीबाट ल्याइएको रस्सी कम्मरमा बाँधिएको थियो । घरमा श्रीमती सुत्केरी थिईन् । फोन गर्नुथियो उस्लाई । मुदिर संग एक्छिन समय माग्यो । मुदिरले गोलभेंडा जत्रो आँखा बनाएर साफ हकार्यो र अरबी भाषामा आमाचकारी लगाएर मुख छाड्यो । उस्ले सबै बुझ्यो र पनि नबुझेको अभिनय गर्यो । टुलुटुलु रसिलो आँखाले हेर्‍यो मात्र । दस बाह्र घन्टा निरन्तर त्यो विशाल बिल्डिङ्गको सिसा पुछिसकेपछी । घडी हेर्यो । नेपालमा राती भैसकेको थियो सो उस्ले फोन गरेन । र आफ्नो मोबाइलको प्लेलिस्टबाट गित बजायो र सिंढिमा थपक्क बस्यो । खल्तीबाट एउटा सस्तो सिग्रेट् निकाल्यो र सल्कायो अनि धुवाँ हेर्दै घोत्लिन थाल्यो । उस्को फोनमा एउटा नेपाली गित बज्दै थियो ।  "पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौं । कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं…?...

बर्बराहट : ०१

  " …! " मेरो दर्पण हरायो साथै दर्पणछायाँ पनि म दर्पण खोज्न भैंतारिएँ दर्पणछायाँ खोज्न भौंतारिएं  यत्रतत्र सर्बत्र… एकदिन उनलाई भेटें उनले भने - "तिमी नै त्यो दर्पण हौ तिमी नै त्यो दर्पणछायाँ तत् त्वम् असि ! " ऊ चुप… म चुप… चुपचाप शान्ती शुन्य रिक्त …!     *** ~जोगी (६ जुलाई २०१७) डेथभ्याली रेगिस्तान्