•••द्रष्टा र दृश्य••• [अकविता]


एउटा सानो छिद्रबाट देख्ने "आकाश"!

आकाशमै बेग हान्ने एक "बाज"ले देख्ने "आकाश"!

…र

अन्तरिक्षमा एक अन्तरिक्षयात्रीले देख्ने "आकाश"!


भिन्न-भिन्न हुन्

(ति द्रश्टाको निम्ती)

तर

भिन्न-भिन्न होइनन्

(यथार्थमा)


फरक त उचाई हो

फरक त गहिराई हो

(यद्यपि दृश्य उहि)


जोगी~

(३०-मे-२०१८(डेथभ्याली

Comments

Popular posts from this blog

•••तथाकथित क्रान्ति र मेरा अनुत्तरित प्रश्नहरु•••

प्रेम(काम)कथा

मैं कौन हुँ ? [ अकविता ]