बर्बराहट : ०१

  " …! "


मेरो दर्पण हरायो

साथै दर्पणछायाँ पनि

म दर्पण खोज्न भैंतारिएँ

दर्पणछायाँ खोज्न भौंतारिएं 

यत्रतत्र सर्बत्र…


एकदिन उनलाई भेटें

उनले भने -

"तिमी नै त्यो दर्पण हौ

तिमी नै त्यो दर्पणछायाँ

तत् त्वम् असि ! "


ऊ चुप…

म चुप…

चुपचाप

शान्ती

शुन्य

रिक्त

…!

    ***


~जोगी (६ जुलाई २०१७)

डेथभ्याली रेगिस्तान्

Comments

Popular posts from this blog

•••तथाकथित क्रान्ति र मेरा अनुत्तरित प्रश्नहरु•••

स्वाभिमान [ लघुकथा ]

••••कर्म••• { एउटा अ'कथा}