⛈️पानीका थोपाहरु⛈️ [अकविता]

बादलमा रहेका
पानीका थोपाहरु
धर्तीमा झर्दिन भनी
बिद्रोह गर्दैनन्

तातिनु
बाफ बन्नु
उर्ध्वयात्रा गर्नु
गगन चुम्नु
चिसिइनु

पुनः
थोपा बनि
धर्तीमा खस्नु
प्रारब्ध हो

प्रारब्ध नै धर्म
प्रारब्ध नै कर्म
प्रारब्ध नै प्रसाद

यो चक्र हो
यहि लिला !

~जोगी
;डेथभ्याली🌻💜 ०५ अगस्त २०२०

Comments

Popular posts from this blog

कैदखाना [अकविता]

•••तथाकथित क्रान्ति र मेरा अनुत्तरित प्रश्नहरु•••

••••कर्म••• { एउटा अ'कथा}