स्वाभिमान [ लघुकथा ]

                    

४४/४५° को रेगिस्तानको उखर्माउलो गर्मिलो घाममा बिरबहादुर उर्फ् बिरे ८२ तल्ले बिशाल गगनचुम्बी बिल्डिङ्गको सिसा पुच्छ्दैथियो । डोरिमा पुल्ली लगाइएको थियो र त्यो पुल्लीबाट ल्याइएको रस्सी कम्मरमा बाँधिएको थियो । घरमा श्रीमती सुत्केरी थिईन् । फोन गर्नुथियो उस्लाई । मुदिर संग एक्छिन समय माग्यो । मुदिरले गोलभेंडा जत्रो आँखा बनाएर साफ हकार्यो र अरबी भाषामा आमाचकारी लगाएर मुख छाड्यो । उस्ले सबै बुझ्यो र पनि नबुझेको अभिनय गर्यो । टुलुटुलु रसिलो आँखाले हेर्‍यो मात्र ।


दस बाह्र घन्टा निरन्तर त्यो विशाल बिल्डिङ्गको सिसा पुछिसकेपछी । घडी हेर्यो । नेपालमा राती भैसकेको थियो सो उस्ले फोन गरेन । र आफ्नो मोबाइलको प्लेलिस्टबाट गित बजायो र सिंढिमा थपक्क बस्यो । खल्तीबाट एउटा सस्तो सिग्रेट् निकाल्यो र सल्कायो अनि धुवाँ हेर्दै घोत्लिन थाल्यो । उस्को फोनमा एउटा नेपाली गित बज्दै थियो ।

 "पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौं ।

कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं…?" 


~जोगी

८-अप्रील-२०२०

                                                      डेथभ्याली

Comments

Popular posts from this blog

•••तथाकथित क्रान्ति र मेरा अनुत्तरित प्रश्नहरु•••

••••कर्म••• { एउटा अ'कथा}