भित्तेघडीको बिद्रोह [ अकविता ]


…अनि 

मध्यरातमा भित्तोको घडी

टिक्-टिक् टिक्-टिक् चल्दैथियो

घुम्दाघुम्दै

एकाएक सुईहरु बिद्रोह गर्नथाले

घण्टा, मिनेट र सेकेन्ड सुई

सबै तल झरेर आराम गरे

म बबुरो अवाक् भै हेरिरहें

बेआराम त म थिएं

घडी मस्त सुत्यो,

म रातभर निदाउन सकिन !

         ×××

~जोगी

०६-मे-२०२० ( डेथभ्याली_रेगिस्तान् ) 

Comments

Popular posts from this blog

•••तथाकथित क्रान्ति र मेरा अनुत्तरित प्रश्नहरु•••

स्वाभिमान [ लघुकथा ]

••••कर्म••• { एउटा अ'कथा}