Posts

•••तथाकथित क्रान्ति र मेरा अनुत्तरित प्रश्नहरु•••

Image
      [ अ'कथा ] ति न्ताका म साँनै थें । स्कुल पढ्दा ताकाको कुरा हो । केहि दुब्लो ख्य्याउटे, आँखा भित्र गढेका, दारी काटछाँट नगरिएका , हातमा नसा देखिएका खरानी रंगको सोल्डर् ब्याग भिरेर हाम्रो घरमा भात माग्न आउँथें । उनीहरुको शरीरबाट पसिनाको दुर्गन्ध आउँथ्यो ।            तिनीहरू मुट्ठि पारेर आकास तिर फर्काउँदै अभिबादन गर्थे । तिन्ताका तिनिहरु क्रान्तीका कुरा गर्थे । बिद्रोहका कुरा गर्थे । समाजबादका कुरा गर्थे ।  समानताका कुरा गर्थे । युद्धका कुरा गर्थे । म बुझ्दिनथें । के हो समाजबाद ? के हो क्रान्ती ? के हो युद्ध ? के को समानता ?            तिनीहरुको सोल्डर् ब्यागमा के होला ? म घोत्लिरहन्थें । झोलाको फस्नर खोलेर हेर्ने हिम्मत जुट्दैन थ्यो न त सोध्ने हिम्मत । केहि हुन्थ्यो गह्रौं चिज फलाम जस्तो । उनिहरु सुत्दा पनि त्यो झोला च्यापेर सुत्थे । तिनिहरु पिंढिमा सुत्थे । परालको गुन्द्रीमा । म डराई-डराई पिसाब फेर्न उठ्थें । त्यो झोला फेरि देख...

••••कर्म••• { एउटा अ'कथा}

Image
         "ऊ" अर्थात "तिमी"; अर्थात "म"; अर्थात "ऊ"; अर्थात "हामी" । यो हाम्रो कथा हो; अर्थात हाम्रो ब्याथा हो; अर्थात हाम्रो जिन्दगी हो । त्रिकाल मत्लब तिन काल । तिन समय । भूत, बर्तमान र भविष्य । यो घटना हो त्रिकाल समयको । अर्थात कालचक्रमा कहिल्यै पनि घट्न नछोड्ने कथा अर्थात ब्याथा । कथाको नियम अनुसार कालचक्रको भूत अंशबाट सुरु गर्छु । ब्याथा एस्तो छ अर्थात कथा……        अनन्त: कालचक्रको एक सुक्ष्म कण बराबरको समयको कुरो हो "ऊ" हो । ऊ एक अर्धचेत प्राणी थियो । सिधा बाटोमा लड्खडाउँदै हिंड्थ्यो । नशामा चुर जँड्याहा जस्तै । थोरै होश जस्तो । थोरै बेहोश जस्तो । अधकल्चो । अधमरो । त्यो शहरमा मात्र उस्लाई हेर्दा निन्द्रामा हिंड्ने रोग लागेको रोगी जस्तो लाग्थ्यो । …तर त्यो शहरमा सबै मानव जातीहरु यहि रोगले ग्रसित पाइन्थ्यो । अरुको कुरा पछि गरौंला । ऊ पात्रमा फोकस गरौं एक्छीन् । ऊ सबैकाम गर्थ्यो अर्धचेतावस्थामैं । नित्यकर्म देखी शास्त्रीय ज्ञान, कुटनिती, राजनीति हरेक क्षत्रमा अब्बल । उस्लाई था थिएन ऊ एक स्लिपवाकर हो जो तन्द्रामा हर चिज गर्छ ...

अ'कथा

Image
•••भ्यागुतो•••                  एकादेशको कुरा हो ! ओह् नो ! दिस् इज् नट् गुड् स्टार्टिङ् । इजन्ट् इट् ? एक्चुल्ली यो एकादेशको होइन । यो सबै देशको कुरा हो । कथा हो । अनि । ब्याथा हो । अब कथारम्भ तिर लाग्छु ल ? आज्ञा दिनुहोस् !                यो अबिछिन्न अविरल समयको धाराप्रवाहमा भूत ,बर्तमान र भविष्यमा दोहोरिरहेको तेहेरिरहेको कुरा हो । म यो बिराट कालचक्रको एउटा सानो कालखण्डमा घटेको सानो ठाउँको एक सानो कथा भन्दैछु । - एक सानो तलाउ थियो ! त्याहाँ बिभिन्न जातिका भ्यागुताहरु बस्दथे । कोई खुसी थिए कोई दुखी "कति कुवामै बस्नु ?" भनेर । त्यै कुवा भन्दा केहि पर एउटा नाली थियो । कुवा धमिलो थियो । तर नाली झन फोहर थियो दुर्गन्धित थियो । त्यो दुर्गन्धित नालीमा पनि भ्याकुताहरु बस्दथे । कुवाको भन्दा धेरै जनसंख्या त्यो नालीमा थियो । …र ताज्जुबको कुरा एस्तो थियो कि - दुबै असन्तुस्ट थिए । कुवाका भ्याकुताहरु नालीमा रमाउन चाहन्थे नालिका भ्याकुताहरु कुवामा । उनिहरु बिच आवतजावत हुन्थ्यो ।एकअर्कालाई आफू जहाँ छु त्यो स्वर्ग छ भन...

प्रेम(काम)कथा

 [•••अकविता•••] ऊ आफ्नै देहमा आफ्नै नङ्ग्राले घाऊ बनाउछ पुराना खाटाहरु कोतार्छ रग्ताम्य भई भिकमा प्रेमको याचना गर्छ प्रतिफलमा दया पाउँछ देखावटी दया प्रेमको सट्टामा फगत दयाको अभिनय …अब थाहा छ यो दया हो, प्रेम होइन दयालाई नै प्रेम मान्ने स्वैच्छिक भूल गर्छ स्वैच्छाले भ्रमको तलाउमा गोता लाउँछ दयाको अभिनेता, दयाको बदलामा- आफ्नो वासनाको तृप्ती चाहन्छ उनको कामाग्नी पनि प्रज्वलित हुन्छ दमित वासनाले शिर उठाउँछ कामकथा आरम्भ हुन्छ …र  स्खलनहरुलाई प्रेम ठान्ने स्वैच्छिक भूल गरिन्छ फेरि बितृष्णाको आरम्भ हुन्छ एकअर्कालाई आरोप-प्रत्यारोपको शीतयुद्ध चल्छ दुबैले एकअर्कालाई धोकेवाज करार दिईन्छ …र कामकथा(प्रेमकथा) अन्त्य हुन्छ यहि घाउ लिएर फेरि … रगताम्य भई दयाको भिखपात्र बोकि  ऊ शहर पस्छ पुनः पुनः पुन: निरन्तर कथा दोहोरिन्छ तेहेरिन्छ…………                 ××× ~जोगी २४-अक्टुबर-२०१७~ रेगिस्तान्

सडक र भुइँमान्छे !

Image

कैदखाना [अकविता]

प्रीय मित्र, तिमी 'कैदी' हौ त्यो कैदखानाको जो जिर्ण भै ढल्दैछ खोपीका डण्डीहरुमा खिया लाग्दैछन् बन्द द्वारमा धमिरा लाग्दैछन् दिवारहरु चर्किंदैछन् जञ्जिरहरु खिईदै छन् एक स्वासमैं एक झट्कामैं तिमी कैदखाना बाट मुक्त हुन सक्छौ तर मित्र… तिमी लाचार छौ विवश छौ तिम्रो खोपडी दास भएको छ तिमीलाई ज्ञात छैन समाजद्वारा युगौं-युगदेखी मुक्तीको नाउँमा 'अमृत'को घडाबाट  'दासत्वको बिष' पिलाइएको छ मित्र तिमी दास जन्मियौ दास हुर्कियौ दास नै जवान भयौ तिम्रो दासत्व बडो प्राचिन छ तिमिलाई स्मरण नै छैन कि - तिमी दास हौ तिमी एक बिस्मृत रोगी हौ तिमीले भुलिसक्यौ  कि - तिमी 'देव' हौ (एक श्रापित देव) त्यसैले त मित्र… जंञ्जीरलाई आभूषण ठान्छौ बन्द द्वारलाई सुरक्षा ठान्छौ कैदखानालाई घर ठान्छौ र निरन्तर श्रीङ्गार्छौ आफ्नो कैदखानाका भित्ताहरुलाई जंञ्जीरहरुलाई बन्द द्वारहरुलाई… मुक्ती के हो ? तिमीलाई ज्ञात नै छैन त्यो तिम्रो कल्पजगत भन्दा दूर छ धेरै दूर ! तिमी लड्न सक्थ्यौ दासत्व बिरुद्ध तर मित्र… कसैले तिमीलाई बन्दी बनाईरहेकै छैन तिमी त स्वयं आफ्नै निमित्त बिशाल कैदखाना बनाउछौ …र कैद गर्छौ ...

मैं कौन हुँ ? [ अकविता ]

 एक दिन आइना मिला था अपना चेहेरा नहिं मिला एक दिन चेहेरा मिला था फिर आइना नहिं मिला अब तो मुद्दत हो गई खुद को पेहेचानते नहिं हम ! क्या आप को पता हे ? मैं कौन् हुँ ???        * * * ~ जोगी~~ २९-मार्च-२०१९ (रेगिस्तान्)