प्रेम(काम)कथा
[•••अकविता•••]
ऊ आफ्नै देहमा
आफ्नै नङ्ग्राले घाऊ बनाउछ
पुराना खाटाहरु कोतार्छ
रग्ताम्य भई
भिकमा प्रेमको याचना गर्छ
प्रतिफलमा दया पाउँछ
देखावटी दया प्रेमको सट्टामा
फगत दयाको अभिनय
…अब
थाहा छ यो दया हो, प्रेम होइन
दयालाई नै प्रेम मान्ने स्वैच्छिक भूल गर्छ
स्वैच्छाले भ्रमको तलाउमा गोता लाउँछ
दयाको अभिनेता, दयाको बदलामा-
आफ्नो वासनाको तृप्ती चाहन्छ
उनको कामाग्नी पनि प्रज्वलित हुन्छ
दमित वासनाले शिर उठाउँछ
कामकथा आरम्भ हुन्छ
…र
स्खलनहरुलाई प्रेम ठान्ने स्वैच्छिक भूल गरिन्छ
फेरि बितृष्णाको आरम्भ हुन्छ
एकअर्कालाई आरोप-प्रत्यारोपको शीतयुद्ध चल्छ
दुबैले एकअर्कालाई धोकेवाज करार दिईन्छ
…र
कामकथा(प्रेमकथा) अन्त्य हुन्छ
यहि घाउ लिएर
फेरि …
रगताम्य भई दयाको भिखपात्र बोकि
ऊ शहर पस्छ
पुनः पुनः पुन:
निरन्तर कथा दोहोरिन्छ
तेहेरिन्छ…………
×××
~जोगी
२४-अक्टुबर-२०१७~
रेगिस्तान्
Comments
Post a Comment