अ'कथा
•••भ्यागुतो•••
एकादेशको कुरा हो ! ओह् नो ! दिस् इज् नट् गुड् स्टार्टिङ् । इजन्ट् इट् ? एक्चुल्ली यो एकादेशको होइन । यो सबै देशको कुरा हो । कथा हो । अनि । ब्याथा हो । अब कथारम्भ तिर लाग्छु ल ? आज्ञा दिनुहोस् !
यो अबिछिन्न अविरल समयको धाराप्रवाहमा भूत ,बर्तमान र भविष्यमा दोहोरिरहेको तेहेरिरहेको कुरा हो । म यो बिराट कालचक्रको एउटा सानो कालखण्डमा घटेको सानो ठाउँको एक सानो कथा भन्दैछु । - एक सानो तलाउ थियो ! त्याहाँ बिभिन्न जातिका भ्यागुताहरु बस्दथे । कोई खुसी थिए कोई दुखी "कति कुवामै बस्नु ?" भनेर । त्यै कुवा भन्दा केहि पर एउटा नाली थियो । कुवा धमिलो थियो । तर नाली झन फोहर थियो दुर्गन्धित थियो । त्यो दुर्गन्धित नालीमा पनि भ्याकुताहरु बस्दथे । कुवाको भन्दा धेरै जनसंख्या त्यो नालीमा थियो । …र ताज्जुबको कुरा एस्तो थियो कि - दुबै असन्तुस्ट थिए । कुवाका भ्याकुताहरु नालीमा रमाउन चाहन्थे नालिका भ्याकुताहरु कुवामा । उनिहरु बिच आवतजावत हुन्थ्यो ।एकअर्कालाई आफू जहाँ छु त्यो स्वर्ग छ भन्ने सन्देश दिन्थे । नाली र कुवाको गरिमामा आफ्नै गित,भजन,किर्तन, र शास्त्रहरु बग्रेल्ती पाइन्थ्यो । अरुको अगाडी खुशीको अभिनय गर्दथे । तर भित्रभित्रै दुबै तिर बस्ने भ्याकुतोहरु आफ्नो जिन्दगी धिक्कार्थे । ब्यर्थ मान्थे । दुबै आफ्नो संप्रदायमा आउनको लागी अर्को संप्रदायको भ्यागुताहरुलाई हौस्याउँथे । धमिलो कुवाका भ्याकुताहरु दुर्गन्धित नालीमा पुगेर केहि दिन धिक्कार्थे र पछि आफ्नो अहंकार नछोडी पुनः तलाउमा फर्किन लाज हुने भएकोले । दुर्गन्धलाई सुगन्ध परिभाषित गर्दै खुब ठाँटले हिंड्दथे । तिनै दुर्गन्धलाई सुगन्ध भनी गित सुनाउंथे । यसरी नै केहि भ्यागुताहरु नाली बाट निस्केर धमिलो तलाउमा जान्थे । र फेरि त्यही दुर्गन्धित नालीको यादमा रुन्थे । र यत्तिकै जीवनलिला समाप्त हुन्थ्यो । उनिहरु कहिल्यै धमिलो तलाउ र दुर्गन्धित नालीबाट मुक्त हुन सकेनन् । त्यो समय पूर्व पनि यहि क्रम जारी थियो । यो समयमा पनि यहि जारी छ । र भोली पनि जारी रहनेछ ।
…अब । एक पटक हेर्नुस् त ति बिचरा भ्यागुताहरुलाई । यि शहरका भ्यागुताहरुलाई । फुत्रुक् फुत्रुक् गर्दै नालिमा फाल हान्दैछन् । कोई तलाउमा फाल हान्दैछन् । वरपर हेर्नुस् । भ्यागुताहरु थुप्रै यहि धमिलो तलाउ र दुर्गन्धित नालीमा जिन्दगी बर्बाद पार्दै गरेको देख्नुहुनेछ । अँ सांचि, तपाइँले भ्यागुताहरु देख्नु भएन ? अझै ? आउनुस् म देखाउँछु । ल हिंड्नुस् । कम् अन् ! फलो मि ! आई विल् सो यु भ्याागुतो । ल ! हेर्नुस् यो भित्तोको ठुलो ऐनामा । दुई भ्यागुतो देख्न सक्नुहुनेछ । एउटा "तपाईं भ्यागुतो" अर्को "म भ्यागुतो" ।
रेगिस्तान्
Comments
Post a Comment