Posts

Showing posts from June, 2026

प्रीय सुनगाभा

Image
  प्रीय सुनगाभा प्रीय सुनगाभा ,             तिन्ताका तिमी अनकन्टारमा, निर्जनमा , निर्धक्क, निर्भिक भइ कोपिलमा परिणत हुंदैथियौ । अनायासै मलाई पहिलो हेराइमा नै प्रेम भएछ । म त्यहिं रोकिएं । जहां तिमी फक्रींदैथियौ । हो त्यहि अनकन्टार निर्जन जंगलमा । मेरि प्रीय सुनगाभा, मैले तिमीलाइ कोपिला स्वरुपमा हेरिरहें । नछोईकनै अगाध प्रेम गरिरहें । गरिरहें भन्दा अतिसयोक्ति हुन्छ ; म बाट प्रेम भैरह्यो । अगाध । निर्बाध । एकदम गाढा प्रेम । बेशर्त । बेझिजक । तिमीलाइ तबसम्म हेक्का समेत थिएन कि म तिम्रो प्रेमको गहिराईको चरम बिन्दुमा गोता लगाइसकेछु । अनि प्रेमको उचाईको चरम शिखरमा आरोहण गरिसकेछु । म माथि परेको प्रभुको अनुकम्पा देखेर मेरो मन आल्हादित थियो । म प्रेमको चरमोत्कर्षमा आंखाबाट मोति बर्षाउथें - तिम्रो पाउमा । तेतिन्जेल सम्म पनि तिमीलाइ पत्तै थिएन । मेरो अस्तित्वको तिमीलाई कुनै आभाष नै थिएन । सुनगाभा , कति सुन्दर थिए ति मेरो एकतर्फी प्रेमको चरमोत्कर्षका क्षणहरु । दिनहरु । अनायासै एक दिन प्रेमको उन्मादमा मातिएर, बेहोशिएर तिम्रो समिप पुगें । तिमीलाई जताउने रहर भो "तिमी...