Posts

Showing posts from April, 2021

प्रेम(काम)कथा

 [•••अकविता•••] ऊ आफ्नै देहमा आफ्नै नङ्ग्राले घाऊ बनाउछ पुराना खाटाहरु कोतार्छ रग्ताम्य भई भिकमा प्रेमको याचना गर्छ प्रतिफलमा दया पाउँछ देखावटी दया प्रेमको सट्टामा फगत दयाको अभिनय …अब थाहा छ यो दया हो, प्रेम होइन दयालाई नै प्रेम मान्ने स्वैच्छिक भूल गर्छ स्वैच्छाले भ्रमको तलाउमा गोता लाउँछ दयाको अभिनेता, दयाको बदलामा- आफ्नो वासनाको तृप्ती चाहन्छ उनको कामाग्नी पनि प्रज्वलित हुन्छ दमित वासनाले शिर उठाउँछ कामकथा आरम्भ हुन्छ …र  स्खलनहरुलाई प्रेम ठान्ने स्वैच्छिक भूल गरिन्छ फेरि बितृष्णाको आरम्भ हुन्छ एकअर्कालाई आरोप-प्रत्यारोपको शीतयुद्ध चल्छ दुबैले एकअर्कालाई धोकेवाज करार दिईन्छ …र कामकथा(प्रेमकथा) अन्त्य हुन्छ यहि घाउ लिएर फेरि … रगताम्य भई दयाको भिखपात्र बोकि  ऊ शहर पस्छ पुनः पुनः पुन: निरन्तर कथा दोहोरिन्छ तेहेरिन्छ…………                 ××× ~जोगी २४-अक्टुबर-२०१७~ रेगिस्तान्

सडक र भुइँमान्छे !

Image

कैदखाना [अकविता]

प्रीय मित्र, तिमी 'कैदी' हौ त्यो कैदखानाको जो जिर्ण भै ढल्दैछ खोपीका डण्डीहरुमा खिया लाग्दैछन् बन्द द्वारमा धमिरा लाग्दैछन् दिवारहरु चर्किंदैछन् जञ्जिरहरु खिईदै छन् एक स्वासमैं एक झट्कामैं तिमी कैदखाना बाट मुक्त हुन सक्छौ तर मित्र… तिमी लाचार छौ विवश छौ तिम्रो खोपडी दास भएको छ तिमीलाई ज्ञात छैन समाजद्वारा युगौं-युगदेखी मुक्तीको नाउँमा 'अमृत'को घडाबाट  'दासत्वको बिष' पिलाइएको छ मित्र तिमी दास जन्मियौ दास हुर्कियौ दास नै जवान भयौ तिम्रो दासत्व बडो प्राचिन छ तिमिलाई स्मरण नै छैन कि - तिमी दास हौ तिमी एक बिस्मृत रोगी हौ तिमीले भुलिसक्यौ  कि - तिमी 'देव' हौ (एक श्रापित देव) त्यसैले त मित्र… जंञ्जीरलाई आभूषण ठान्छौ बन्द द्वारलाई सुरक्षा ठान्छौ कैदखानालाई घर ठान्छौ र निरन्तर श्रीङ्गार्छौ आफ्नो कैदखानाका भित्ताहरुलाई जंञ्जीरहरुलाई बन्द द्वारहरुलाई… मुक्ती के हो ? तिमीलाई ज्ञात नै छैन त्यो तिम्रो कल्पजगत भन्दा दूर छ धेरै दूर ! तिमी लड्न सक्थ्यौ दासत्व बिरुद्ध तर मित्र… कसैले तिमीलाई बन्दी बनाईरहेकै छैन तिमी त स्वयं आफ्नै निमित्त बिशाल कैदखाना बनाउछौ …र कैद गर्छौ ...

मैं कौन हुँ ? [ अकविता ]

 एक दिन आइना मिला था अपना चेहेरा नहिं मिला एक दिन चेहेरा मिला था फिर आइना नहिं मिला अब तो मुद्दत हो गई खुद को पेहेचानते नहिं हम ! क्या आप को पता हे ? मैं कौन् हुँ ???        * * * ~ जोगी~~ २९-मार्च-२०१९ (रेगिस्तान्)