Posts

Showing posts from April, 2023

•••तथाकथित क्रान्ति र मेरा अनुत्तरित प्रश्नहरु•••

Image
      [ अ'कथा ] ति न्ताका म साँनै थें । स्कुल पढ्दा ताकाको कुरा हो । केहि दुब्लो ख्य्याउटे, आँखा भित्र गढेका, दारी काटछाँट नगरिएका , हातमा नसा देखिएका खरानी रंगको सोल्डर् ब्याग भिरेर हाम्रो घरमा भात माग्न आउँथें । उनीहरुको शरीरबाट पसिनाको दुर्गन्ध आउँथ्यो ।            तिनीहरू मुट्ठि पारेर आकास तिर फर्काउँदै अभिबादन गर्थे । तिन्ताका तिनिहरु क्रान्तीका कुरा गर्थे । बिद्रोहका कुरा गर्थे । समाजबादका कुरा गर्थे ।  समानताका कुरा गर्थे । युद्धका कुरा गर्थे । म बुझ्दिनथें । के हो समाजबाद ? के हो क्रान्ती ? के हो युद्ध ? के को समानता ?            तिनीहरुको सोल्डर् ब्यागमा के होला ? म घोत्लिरहन्थें । झोलाको फस्नर खोलेर हेर्ने हिम्मत जुट्दैन थ्यो न त सोध्ने हिम्मत । केहि हुन्थ्यो गह्रौं चिज फलाम जस्तो । उनिहरु सुत्दा पनि त्यो झोला च्यापेर सुत्थे । तिनिहरु पिंढिमा सुत्थे । परालको गुन्द्रीमा । म डराई-डराई पिसाब फेर्न उठ्थें । त्यो झोला फेरि देख...