••••कर्म••• { एउटा अ'कथा}

"ऊ" अर्थात "तिमी"; अर्थात "म"; अर्थात "ऊ"; अर्थात "हामी" । यो हाम्रो कथा हो; अर्थात हाम्रो ब्याथा हो; अर्थात हाम्रो जिन्दगी हो । त्रिकाल मत्लब तिन काल । तिन समय । भूत, बर्तमान र भविष्य । यो घटना हो त्रिकाल समयको । अर्थात कालचक्रमा कहिल्यै पनि घट्न नछोड्ने कथा अर्थात ब्याथा । कथाको नियम अनुसार कालचक्रको भूत अंशबाट सुरु गर्छु । ब्याथा एस्तो छ अर्थात कथा…… अनन्त: कालचक्रको एक सुक्ष्म कण बराबरको समयको कुरो हो "ऊ" हो । ऊ एक अर्धचेत प्राणी थियो । सिधा बाटोमा लड्खडाउँदै हिंड्थ्यो । नशामा चुर जँड्याहा जस्तै । थोरै होश जस्तो । थोरै बेहोश जस्तो । अधकल्चो । अधमरो । त्यो शहरमा मात्र उस्लाई हेर्दा निन्द्रामा हिंड्ने रोग लागेको रोगी जस्तो लाग्थ्यो । …तर त्यो शहरमा सबै मानव जातीहरु यहि रोगले ग्रसित पाइन्थ्यो । अरुको कुरा पछि गरौंला । ऊ पात्रमा फोकस गरौं एक्छीन् । ऊ सबैकाम गर्थ्यो अर्धचेतावस्थामैं । नित्यकर्म देखी शास्त्रीय ज्ञान, कुटनिती, राजनीति हरेक क्षत्रमा अब्बल । उस्लाई था थिएन ऊ एक स्लिपवाकर हो जो तन्द्रामा हर चिज गर्छ ...