Posts

Showing posts from December, 2021

अ'कथा

Image
•••भ्यागुतो•••                  एकादेशको कुरा हो ! ओह् नो ! दिस् इज् नट् गुड् स्टार्टिङ् । इजन्ट् इट् ? एक्चुल्ली यो एकादेशको होइन । यो सबै देशको कुरा हो । कथा हो । अनि । ब्याथा हो । अब कथारम्भ तिर लाग्छु ल ? आज्ञा दिनुहोस् !                यो अबिछिन्न अविरल समयको धाराप्रवाहमा भूत ,बर्तमान र भविष्यमा दोहोरिरहेको तेहेरिरहेको कुरा हो । म यो बिराट कालचक्रको एउटा सानो कालखण्डमा घटेको सानो ठाउँको एक सानो कथा भन्दैछु । - एक सानो तलाउ थियो ! त्याहाँ बिभिन्न जातिका भ्यागुताहरु बस्दथे । कोई खुसी थिए कोई दुखी "कति कुवामै बस्नु ?" भनेर । त्यै कुवा भन्दा केहि पर एउटा नाली थियो । कुवा धमिलो थियो । तर नाली झन फोहर थियो दुर्गन्धित थियो । त्यो दुर्गन्धित नालीमा पनि भ्याकुताहरु बस्दथे । कुवाको भन्दा धेरै जनसंख्या त्यो नालीमा थियो । …र ताज्जुबको कुरा एस्तो थियो कि - दुबै असन्तुस्ट थिए । कुवाका भ्याकुताहरु नालीमा रमाउन चाहन्थे नालिका भ्याकुताहरु कुवामा । उनिहरु बिच आवतजावत हुन्थ्यो ।एकअर्कालाई आफू जहाँ छु त्यो स्वर्ग छ भन...